पाँच खेलमा छ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अंकविहीन नेपाल तालिकाको अन्तिममा छ।
काठमाडौँ– नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्यान्ड्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।
जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो।
नेदरल्यान्ड्सको जितमा स्ट्रि कालिसले अविजित सर्वाधिक ९८ रन जोडिन्। उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन्। फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन्।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन। उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन्।
त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन्। रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन्।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए।
नेदरल्यान्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ। पाँच खेलमा छ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अंकविहीन नेपाल तालिकाको अन्तिममा छ। अपराजित थाइल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेको छ।
सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता रहेको छ। सबै टोली एकापसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
