‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ।’
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार कार्यालयको अस्तव्यस्तता, खुला सिमाना, अन्तरनिकाय समन्वय अभावलगायतले चोरीपैठारी वृद्धि भएको निष्कर्ष निकालेको छ।
समितिका सभापति सन्तोष चालिसेको संयोजकत्वमा यही माघ ११ देखि १६ गतेसम्म विभिन्न भन्सार कार्यालयको अनुगमन गरिएको थियो। उक्त अनुगमनका क्रममा फेला परेका समस्याबारे समितिमा आज छलफल भएको छ।
छलफलका क्रममा सांसद पदम गिरीले भन्सार नाकाहरू अस्तव्यस्त हुँदा मुलुकले ठूलो राजस्व गुमाएको बताए। “धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ,” गिरीले भने।
सांसद गंगा कार्कीले भन्सार जाँचपास प्रक्रियामा प्रविधिको प्रयोग कमजोर रहेको बताए। “भन्सारमा भएका प्रविधि प्रयोग गरिएको छैन। भन्सारलाई प्रविधिमैत्री बनाउन जरुरी छ,” उनले भने।
सांसद रणकुमारी बलम्पाकी मगरले भन्सार ‘यार्ड’हरूमा हजारौँको संख्यामा गाडी र मोटरसाइकल थन्किएर बसेको बताइन्। यस्तै, सांसद जुलीकुमारी महतो (महासेठ)ले भन्सार कार्यालय प्रविधिको प्रयोगबिनै तजबिजीमा चल्ने गरेको बताइन्।
एकीकृत जाँचचौकी निर्माण तथा व्यवस्थापनको जिम्मा अरु देशलाई दिइँदा त्यसले सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न देखिएको धारणा सांसद नारायणी शर्माले राखिन्। भैरहवाको एकीकृत जाँचचौकीमा स्थानीय र केन्द्र सरकारबीच विवाद देखिएको उहाँको भनाइ छ। दशगजा क्षेत्रमा भारतीय पक्षबाट सीमा मिचिएको विषय उनले समितिमा उठाइन्।
सांसद अञ्जली श्रेष्ठले भन्सार कार्यालयका कर्मचारीहरूले जानाजान मेसिन बिगार्ने गरेको अनुगमनका क्रममा भेटिएको बताइन्। अर्का सांसद सूर्यबहादुर थापा क्षेत्रीले भन्सार प्रशासनमा पहिलेको तुलनामा केही सुधार देखिए पनि अझै समस्या रहेको बताए। “क्वारेन्टाइनको अवस्था हेर्दा खसीबोका, राँगा, भैँसी, कुखुरा केही पनि आयात भएको देखिँदैन। क्वारेन्टाइन अफिसहरू चलेकै छैनन्,” उनले भने।
सांसद अम्मरबहादुर रायमाझीले सीमानाकामा खटिने सुरक्षाकर्मीको संख्या कम रहेको बताए। अर्का सांसद छिरिङ डम्डुल लामा भोटेले भन्सार प्रणालीभन्दा बाहिरबाट बढी सामान नेपाल भित्रिरहेको बताए।
सांसद नारायणप्रसाद आचार्यले भन्सारमा ठूलो समस्या रहे पनि त्यसलाई समाधान गर्न माथिल्लोदेखि तल्लो तहसम्मले हेलचेक्र्याइँ गर्ने गरेको बताए।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारका कर्मचारीले असल नियतले काम गर्दैनन् भन्ने भाष्य बनाइनु गलत रहेको बताउँदै यसलाई थप सुधार गर्नुपर्नेतर्फ ध्यान जान आवश्यक रहेको बताए।
सीमा क्षेत्रका नागरिकले भोगिरहेको समस्या समाधान गर्नुपर्ने, नेपालमा भारतीय नागरिकले बोक्न मिल्ने नगद रकम रू २५ हजारबाट बढाइनुपर्नेलगायत सुझाव उनले दिए।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले मिलेमतोमा तस्करी नरहेको जिकिर गरे। चालु आर्थिक वर्षमा प्रहरीले करिब तीन अर्ब बराबरको सामान नियन्त्रणमा लिएको उनको भनाइ छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय सीमानासँग जोडिएका क्षेत्रमा देशभर १२ सयको हाराहारीमा कर छलीका सामान ओसारपसार गर्ने व्यक्तिहरू रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
