विकासका गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।
दमौली– पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दर्य जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ। विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।
यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको उनले बताए। “व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ। त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ,” अध्यक्ष थापाले भने। व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ। बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’ तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्ड राख्नुपर्ने नियम लागू गरेको अध्यक्ष थापाले बताए।
बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धूमपान गर्न कडाइ गरिएको छ। यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधि, प्रहरी तथा पत्रकारको टोलीले संयुक्त रूपमा बजार अनुगमन शुरू गरिएको छ। हालै भएको अनुगमनका क्रममा व्यवसायीलाई नियम पालना गर्न आग्रह गरिएको छ ।
कसैले नियम उल्लंघन गरेको पाइए ५ हजार रुपैयाँसम्म जरिबाना गरिने अध्यक्ष थापाले बताए। भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन्।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
