सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलुखोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी ६ किलोमिटर टाढा भदौरेस्थित पावर हाउसमा झारिनेछ।
सोलुखुम्बु– जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ।
तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन्।
कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ। “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। अब पेनस्टक पाइपको मात्र बाँकी छ। आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।
आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। एफएमओलगायत युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब रुपैयाँ ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो। आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य छ।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलुखोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ। यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ।
भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उनको अनुमान छ। हाल आयोजनामा ७०० जना कामदार कार्यरत छन्। साथै १०० जना स्थानीयले रोजगारी पनि पाएका छन्।
आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन गर्ने राखिएको छ। उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
