काठमाडौँको कमलपोखरीमा ग्यास विस्फोट, ११ जना घाइते

बिहीबार बिहान ग्यास लिक भएर भएको विस्फोटमा ११ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट भएको छ।

बिहीबार बिहान ग्यास लिक भएर भएको विस्फोटमा ११ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराले जानकारी दिए।