जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायत ठाउँका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए। अहिले बोट नै सुक्ने रोग देखिएपछि उनीहरू समस्यामा परेका छन्।
गलेश्वर– रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन्। बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो।
पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मंगला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले बताए। “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन,” उनले भने। उनले चार रोपनीमा केराखेती गरेका छन्।
बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए। “६ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन,” उनले भने। कृषि प्राविधिकले पनि रोग पहिचान गर्न नसकेको उनले बताए।
जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायत ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ।
विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन कठिन हुने दुखेसो गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
