ट्रम्पको धम्कीपछि अमेरिकी सीमामा १० हजार मेक्सिकन सेना तैनाथ

कठोर भन्सार लगाउने ट्रम्पको धम्कीपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न नेसनल गार्ड पठाउने बताएका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार महसुलको धम्की दिएपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ गरेको छ। 

बुधबार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रक टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका थिए। हतियारधारी नेसनल गार्डका सदस्यले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा गस्ती गरेका थिए। उनीहरूले खाल्डोमा लुकाएर राखिएका भर्‍याङ र डोरी निकालेका थिए। तिजुआना नजिकैका सीमाका अन्य भागमा पनि गस्ती देखिएको थियो।

ट्रम्पको धम्कीपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न नेसनल गार्ड पठाउने बताएका थिए। 

“अब सीमामा स्थायी निगरानी हुनेछ,” नेसनल गार्डका नेताहरूमध्ये एक जोसे लुइस सान्तोसले भने, “यो अभियान मुख्यतया मेक्सिकोबाट अमेरिकामा लागूपदार्थ तस्करी र फेन्टानिल रोक्नका लागि हो।”