नेप्से परिसूचक २७ सय विन्दु तल झर्‍यो, ९ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको हो।

यस दिन विभिन्न ३१५ वटा कम्पनीको एक करोड ८६ लाख २१ हजार ६९७ कित्ता शेयर ९२ हजार १९ पटक खरिदबिक्री हुँदा नौ अर्ब २० करोड ४१ लाख १२ हजार ७९४ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७५ वटाको बढेको छ। सात वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

यस दिनको कारोबारमा वित्त समूहको उपसूचक १.५८ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ। सबैभन्दा धेरै विकास बैंकको १.५३ प्रतिशतले घटेको छ। बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, जलविद्युत् ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.५९, म्युचुअल फन्ड ०.५७, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार समूहको उपसूचक ०.११ प्रतिशतले घटेको छ।

बिहीबार अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स ६.५१, सुपर मादी हाइड्रोपावर ५.७१ र मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ४.९६ प्रतिशतले कमाएका छन्। त्यस्तै, भूगोल इनर्जी ७.८९ र रावा इनर्जीको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ।

कारोबार रकम तथा शेयर संख्याका आधारमा यस दिन साहस ऊर्जाको ३१ करोड ३२ लाख २३ हजार ९७६ रुपैयाँ बराबरको ६ लाख १४ हजार २८२ कित्ता कारोबार भएको छ।