चितवन जिल्ला अदालतले सहारा सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
काठमाडौँ– चितवन जिल्ला अदालतले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार जिल्ला न्यायाधीश दयाराम ढकालको इलाजदासले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो।
लामिछाने यसअघि कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटीमा छुटेका थिए।
सहारा सहकारीको बचत रकम ठगी तथा संगठित अपराधमा सरकारी वकिल कार्यालयले चितवनले मंलबार लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा दर्ता गराएको थियो। व्यक्तिबाहेक ६ वटा संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
पूरक मुद्दामा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन्।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी बनाइएको थियो। मुद्दा दायर भएका ३२ जनामध्ये १२ जनाविरुद्ध ठगी र संगठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
