अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओबाट बाहिरिन कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि अर्जेन्टिनाले पनि डब्लूएचओबाट आफ्नो सहभागिता फिर्ता लिने घोषणा आएको छ।
अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट बाहिरिने घोषणा गरेको छ। अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले राष्ट्रपतिले विदेशमन्त्रीलाई डब्लूएचओमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएको बताएका हुन्।
“राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो”, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने, “हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय संगठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो।
पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लूएचओलाई कोभिड–१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ।
डब्लूएचओले अर्जेन्टिनामा काम गर्छ। तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए। उनले भने, “त्यसैले यो कदमले... देशका लागि कोषको नोक्सानी प्रतिनिधित्व गर्दैन न त सेवाहरूको गुणस्तरलाई प्रभावित गर्छ।”
उनले डब्लूएचओबाट अर्जेन्टिनाको फिर्तीले अर्जेन्टिनाको हितमा ‘नीति कार्यान्वयन गर्न बढी लचिलोपन’ र ‘स्रोतको अधिक उपलब्धता’ दिने दाबी गरे। उनले भने, “यसले स्वास्थ्य मामिलामा पनि सार्वभौमिकता भएको देशतर्फको हाम्रो मार्गलाई पुनः पुष्टि गर्दछ।”
यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट अमेरिकालाई फिर्ता लिने योजना घोषणा गरेका थिए।
डब्लूएचओले अमेरिकाको विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने घोषणाप्रति खेद व्यक्त गरेको छ र अमेरिकीसहित विश्वभरका मानिसको स्वास्थ्य र सुरक्षाको रक्षामा डब्लूएचओको महत्त्वलाई जोड दिएको छ।
यद्यपि एजेन्सीले अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा गरेको छ। विश्वभरका लाखौँ मानिसको स्वास्थ्य र कल्याणका लागि अमेरिका र निकायबीचको साझेदारी कायम राख्न ‘रचनात्मक संवाद’मा संलग्न हुन तत्पर रहेको पनि बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
