नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिका जकडिएको बताएका छन्।
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध संघर्ष गर्न तयार रहनसमेत आह्वान गरे।
भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताए।
"न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ। यो हेर्दा खेरी सरल छ तर यो धेरै जटिल विषय हो", उनले भने, "त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छाया छ। यहाँ अन्तर्राष्ट्रिय छाया परेकोले देशलाई अझ संकटमा पुर्याउने सम्भावना भएको हुँदा संघर्षको निम्ति सधैँ तयार रहन म उपस्थिति साथीहरूलाई भन्न चाहन्छु।"
अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको दाबीसमेत गरे। रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटक-पटक दबाब दिए पनि मन्त्रीहरूले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको भनाइ थियो।
अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबीसमेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरू निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
