दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ।
सिन्धुली– झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन सिन्धुलीमा दुर्घटना भएको छ।
बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ।
दुर्घटनामा घाइते हुनेमा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल छन्।
उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
