मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।
काठमाडौँ– चलचित्र विकास बोर्डले फागुन १३ देखि १५ गतेसम्म मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ। मधेश प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ। आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी इमेलमार्फत पठाउन सकिनेछ।
युवा चलचित्रकर्मीलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजार गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए।
मधेशको चलचित्रकर्मलाई मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा चलचित्रसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। यसै अभियानअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीको भनाइ छ।
तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीका अनुसार तालिमकै क्रममा प्रशिक्षार्थीले तयार पारेका उत्कृष्ट पाँच पटकथालाई प्रस्तुतीकरणका लागि पहल गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
