दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्। यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।
काठमाडौँ– रामेछापको शैलुङका किसानलाई अहिले भ्याइ नभ्याइ छ। दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्।
शैलुङ क्षेत्रमा ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ। त्यहाँका मुख्य उत्पादन नै आलु हो। किसानको प्रमुख आम्दानीको स्रोत आलु रहेको छ।
शैलुङमा उत्पादित आलुको माग बजारमा उच्च भएपछि किसान व्यावसायिक रूपमा आलुखेती गर्न लागेका छन्। परम्परागत बिउको सट्टा डडुवाको खोलाखर्कमा नयाँ जातको बिउ उत्पादन गरी आलुको उत्पादन बढाएका छन् ।
स्थानीय किसान दावासङ्बु शेर्पाका अनुसार शैलुङका कतिपय किसानले सिजनमा ५/६ लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गर्छन्। यहाँको आलु काठमाडौँको कालीमाटी, बल्खुलगायत मुख्य तरकारी बजारमा बिक्री हुन्छ। तराइमा समेत शैलुङको आलुको माग बढेको छ। आलु खरिद गर्न व्यापारी किसानको घर–घरमा पुग्ने भएकाले बिक्रीको चिन्ता छैन। यस वर्ष आलु प्रतिकिलो ६० रुपैयाँसम्म बिक्री गरेको शेर्पाले बताए। “यो राम्रो मूल्य हो। किसानलाई फाइदा छ,” उनले भने।
परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएका किसानले हाल रोजिटा जातको रोग नलाग्ने बिउ प्रयोग गर्न लागेका छन्। मूल बिउ नै शैलुङमा उत्पादन भएपछि किसानले आलुको बिउ बिक्रीबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन्। नयाँ बिउ लगाएपछि आलुको उत्पादन बढेको शेर्पाको अनुभव छ।
रोजिटालगायत उन्नत जातका आलुको बिउ गाउँमै उत्पादन भएपछि किसान खेतीमा थप उत्साहित भएको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
