अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार विमान बेपत्ता भएको हो। सो विमान स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको थियो।
अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। विमान दुर्घटना भएको आशंका गरिएको छ।
अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार विमान बेपत्ता भएको हो। सो विमान स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको थियो।
यी दुई शहरहरू नोर्टन साउन्डमा एक अर्काबाट लगभग १४६ माइलको दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्मीले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्।
हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गत जनवरी ३० मा वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा ६७ यात्रुको मृत्यु भएको थियो।
फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
