शुक्रबार सम्पन्न अन्तिम खेलमा थाइल्यान्डसँग घरेलु टोली नेपाल ७ विकेटले पराजित भयो।
काठमाडाैँ– काठमाडौँमा भएको महिला टी–२० शृंखलामा नेपाल जितविहीन बनेको छ। नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो।
शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भयो। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको चुनौती थाइल्यान्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो। सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन्।
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो। यसअघि नेपाल नेदरल्यान्ड्ससँगका तीन खेलमा २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँगका दुई खेलमा चार विकेट र पाँच रनले पराजित भएको थियो।
थाइल्यान्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ। नेदरल्यान्ड्स ८ अंकसहित दोस्रो भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
