कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहने

कोशी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कोशी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बाँकी प्रदेशमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

यसैगरी, राति पनि पनि यी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।