नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए।
रामपुर– एउटै खुकुरीको मूल्य १ लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ। यो सुन्दा आश्चर्य लाग्छ। सन्तोष विश्वकर्माले ३० किलो तौल भएको १ लाख ११ हजार १११ रुपैयाँ पर्ने खुकुरी तयार पारेका छन्।
उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ। खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ। नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए।
उक्त खुकुरी आठ फिट लम्बाइको छ भने दापसहित ४२ किलोको छ। तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको सन्तोषले बताए। खुकुरी निर्माणमा ज्याला बाहेक ३० हजार रुपैयाँ बराबर खर्च भएको उनले बताए। प्रदर्शनीमा राखेको खुकुरीले दर्शकको मन जितिरहेको छ।
मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ। उनले खुकुरीका अलावा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि मेलाको अवसरमा बिक्रीमा राखेका छन्।
“नेपालीको शान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीयस्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गरेको छु, खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आइरहेको छु,” उनले भने।
स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताए। यसभन्दा अगाडि १३ केजी तौल भएको ४५ हजार र २० केजी तौलको खुकुरी ५५ हजार रुपैयाँमा बिक्री गरिसकेका छन्।
रामपुर उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १५ गतेदेखि शुरू भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ। मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
