नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा निर्वाचित आफ्नो पार्टीका सांसदलाई बालुवाटार बोलाएर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन्।
प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन गएको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। मन्त्री कार्कीले भने, "कार्यक्रममा प्रधानमन्त्रीजीले संसद्मा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ।"
उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि सुनाए। उनले चाँडै नै सत्तारूढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्व लगायतका विषयमा ठोस छलफल हुने विश्वाससमेत व्यक्त गरे। "गठबन्धन जारी छ। गठबन्धनलाई जनताले अनुमोदन गरेका छन्। र, चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराहरूको निर्णय हुनेछ", उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
