सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।

काठमाडौँ– सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले वारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। आगो तीनवटा कोठामा फैलिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।