पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्।
दोलखा– दोलखाको शैलुङमा निर्माण भइरहेको ‘मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ।
धार्मिक तथा पर्यटकीयस्थल शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्। ग्रेटवाल हेर्ने, ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्ने विदेशी पर्यटकको पनि वृद्धि भएको छ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगासम्म ९५० मिटर पर्खाल बनाउन डीपीआर तयार गरिएको थियो। हालसम्म ५०० मिटर मात्र निर्माण भएको गाउँपालिकाले जनाएको छ।

ग्रेटवाल निर्माणको लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट विनियोजन भएको थियो। प्रारम्भिक चरणमा ५०० मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
सरकारले नेपालका १०० वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको प्रस्ताव गरिएको थियो।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
