गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती शुरू गरेका छन्। स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती शुरू गरेका हुन्।
“१५ हजार रुपैयाँमा जग्गा भाडामा लिइएको छ,” मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भने, “सामूहिक आलुखेती गर्न संघीय सरकारले १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उनले जानकारी दिए।
एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताए। प्रतिमुरी चार हजार रुपैयाँका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो। आलुखेतीमा प्रतिट्र्याक्टर ६ हजार रुपैयाँका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
“पहिलो चरणमा संघीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती शुरू गरिएको छ। आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ”, उनले भने, “यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ। उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
