नेपालगन्जबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना: २३ जना घाइते

बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

भरतपुर– नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। 

बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार उक्त बसमा २८ जना सवार थिए। 

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन्। ‘टायर पन्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।