रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यबीचमा यात्रा गरिरहेको एउटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ४८ जना सवार बस ट्रकसँग ठोक्किएको थियो।
मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यबीचमा यात्रा गरिरहेको एउटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
४८ जना सवार बस ट्रकसँग ठोक्किएको थियो। दुर्घटनामा ३८ जना यात्रु र दुई जना चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। ट्रकका चालकको पनि मृत्यु भएको छ।
अधिकारीहरूले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन्। एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई संकलन गरी पहिचान गर्ने काम भइरहेको बताइन्।
बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
