आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ भने आठ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको हो।
आइतबार नेप्से परिसूचकसँग कारोबार रकम पनि घटेको छ। यस दिन विभिन्न ३०५ कम्पनीको एक करोड ५८ लाख ५१ हजार ५८५ कित्ता शेयर ८४ हजार २८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
यसअघि बिहीबार नौ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। नेप्सेका अनुसार यस दिन १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६८ वटाको बढेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
यस दिनको कारोबारमा व्यापार १.३९, वित्त ०.८०, लघुवित्त ०.२५ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.१५ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ। सबैभन्दा धेरै विकास बैंकको १.३५ प्रतिशतले घटेको छ। बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बीमा ०.७६, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा ०.५७ र अन्य समूहको उपसूचक १.३० प्रतिशतले घटेको छ।
यस दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त ६.०६, इन्फिनिटी लघुवित्त ६.०२ र अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले ५.२७ प्रतिशतले कमाएका छन्।
त्यस्तै, सप्तकोशी विकास बैंक ६.५२, सिन्धु विकास बैंक ५.६१, भूगोल इनर्जी ४.६४, छ्याङ्दी हाइड्रोपावर ४.५६ र न्यादी हाइड्रो पावरका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फाइस्ट्क्चरको ३१ करोड १६ लाख ८३ हजार ३९५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा अरुण भ्याली हाइड्रोपावरको चार लाख ७६ हजार ७७७ कित्ता खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
