अछाम ढुंगा निकाल्ने क्रममा पहिरो झर्दा १ जनाको मृत्यु, १ घाइते

मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

अछाम– मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार दिउँसो ढुंगा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।

उनका अनुसार सोही पहिरोमा परी मृत‍कका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन्। घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको छ 

भण्डारीले उनलाई थप उपचारका लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए।