बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै स्वास्थ्यमन्त्री एन्ड्रयु ग्वेनेलाई बर्खास्त गरेका छन्।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन्। सन् २०२४ को जुलाईमा भएको चुनावमा भारी मतान्तरले विजय हासिल गरे पनि स्टार्मर सरकारले आफ्ना सदस्यका कारण पहिलो सात महिनामा बेहोर्नुपरेको यो पछिल्लो क्षति हो।
प्रधानमन्त्रीका पीएका अनुसार प्रधानमन्त्रीले एन्ड्रयु ग्वेनेको टिप्पणीबारे जानकारी पाउनासाथ उनलाई कनिष्ठ स्वास्थ्यमन्त्री पदबाट बर्खास्त गरिएको थियो। रिपोर्टमा ग्वेनले यहुदीविरोधी, नस्लवादी र यौनवादी टिप्पणी गरेको आरोप लगाइएको छ। उनलाई लेबर पार्टीबाट पनि निलम्बित गरिएको छ।
आफूलाई मन्त्री पदबाट बर्खास्त गरिएपछि लेबर पार्टीका सांसद एन्ड्रयु ग्वेनेले आफूले गलत टिप्पणी गरेकोमा दुःख व्यक्त गरेका छन्। “म मेरो गलत टिप्पणीप्रति गहिरो खेद प्रकट गर्दछु र मैले गरेका कुनै पनि अपराधका लागि क्षमाप्रार्थी छु,” ग्वेनले सामाजिक सञ्जाल एक्समा लखेका छन्, “प्रधानमन्त्री र पार्टीले गरेका निर्णयप्रति म सहमत छु।”
ग्वेनले ह्वाट्सएप ग्रुपमा लेबर पार्टीका एक दर्जनभन्दा बढी सल्लाहकार, पार्टी पदाधिकारी र कम्तीमा एक अन्य सांसदसँग शेयर गरेको सन्देशको छायाप्रति पोस्ट गरेका छन्। उनले एउटा घटकलाई ट्रकले ‘किचेको’ भनेर पनि ठट्टा गरेका थिए। अर्को टिप्पणीमा उनले आफ्ना सहकर्मीलाई फोहोर संकलनबारे सोध्ने ७२ वर्षीया महिलाको चाँडै मृत्यु हुने बताएका थिए।
“सार्वजनिक पद धारण गरी उच्चस्तरको आचरण कायम गर्न र श्रमजीवी जनताको सेवामा सरकारको नेतृत्व गर्न प्रधानमन्त्री कटिबद्ध हुनुहुन्छ,” सरकारका एक प्रवक्ताले भने, “यी मापदण्ड पूरा नगर्ने कुनै पनि मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री हिचकिचाउनुहुने छैन।”
गत वर्षको नोभेम्बरमा लुइस हेघले संसद् सदस्य बन्नुअघि आफूले अपराध स्वीकार गरेको खुलासा भएपछि यातायातमन्त्री पदबाट राजीनामा दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
