गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल नागरिकता (दोस्रो संशोधन), नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विधेयक प्रस्तुत गरेका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै उनले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराए। गृहमन्त्री लेखकले गम्भीर रूपमा छलफल गरेर समयसाक्षेप बनाउन विधेयक ल्याउनुपरेको बताए।
मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका काम कारबाही दोहोरिने गरी कुनै व्यवस्था नरहेको स्पष्ट पारे। उनले प्रहरीमा सेवा प्रवेशदेखि निवृत्तसम्मका प्रक्रियालाई थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे।
यसअघि तीनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ र विनिता कठायतले राखेको विरोधका सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।
यो पनि :
प्रहरीको कमान्ड निजामतीलाई सुम्पने तयारी
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्दै, यस्तो छ संसद्मा लैजान लागिएको विधेयक
कानून बनाउने सकसः संसद्मा कसले अड्काउँछ विधेयक?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
