कोशी प्रदेशको पहाडी भेगमा हल्का वर्षाको सम्भावना

सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाइल तस्वीर

काठमाडाैँ– हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लागेको छ।

सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, देशभरका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

कुहिरो, वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।