ला लिगा : बार्सिलोनासँग सेभिया ४-१ गोलले पराजित

आइतबार सेभियामाथि ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थानको दुरी छोट्याएको हो। 

काठमाडाैँ– स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले आफ्नो स्थान बलियो बनाउँदै गएको छ। आइतबार सेभियामाथि ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको दुरी छोट्याएको हो। 

रोबर्ट लेवान्डोव्स्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले बार्सिलोनाका लागि गोल गरे। लेवान्डोव्स्कीले सातौँ मिनेटमा बार्सिलोनाका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको एक मिनेटमै रुबेन भार्गासले गोल गर्दै सेभियालाई बराबरीमा फर्काए। तर, लोपेजले दोस्रो हाफको शुरूआतमै बार्सिलोनालाई पुनः अग्रता दिलाए। यस्तै, राफिन्हाले ५५औँ मिनेटमा र गार्सियाले ८९औं मिनेटमा गोल गरे।

६२औँ मिनेटमा फर्मिन लोपेजलाई फउलका कारण रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भए पनि घरेलु टोलीविरुद्ध सहज जित दर्ता गर्न सफल भयो। 

यो जितसँगै तेस्रो स्थानको बार्सिलोना अब शीर्ष स्थानको रियलभन्दा दुई अंक र एट्लेटिकोभन्दा एक अंकले मात्र पछि छ। २३ खेलको समाप्तिमा रियलको ५०, एट्लेटिकोको ४९ र बार्सिलोनाको ४८ अंक छ।

बार्सिलोनाको यो लगातार तेस्रो लिग जित हो र सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये नौ खेलमा जित दर्ता गरेको छ। १३औँ स्थानको सेभियाले पछिल्ला पाँच लिग खेलमध्ये केवल एकमा जित निकाल्न सफल भएको छ।