अधिकारीहरूले यी शवहरू उत्तर अफ्रिकी देश हुँदै युरोप पुग्न खोजिरहेका आप्रवासीको भएको बताएका छन्।
अमेरिका र युरोप जानका लागि ‘डंकी रुट’ अर्थात् तल्लो बाटोका रूपमा प्रयोग हुने अफ्रिकी देश लिबियामा ४९ वटा शव बरामद गरिएको छ।
दक्षिणपूर्वी लिबियाका अधिकारीहरूले मरुभूमिमा दुई वटा सामूहिक चिहान फेला पारेका आइतबार जानकारी दिएका हुन्। दक्षिणपूर्वी शहर कुफ्राको एक खेतमा भेटिएको पहिलो चिहानमा १९ र अर्को चिहानमा ३० वटा शव फेला परेका युरो न्युजले जनाएको छ।
अधिकारीहरूले यी शवहरू उत्तर अफ्रिकी देश हुँदै युरोप पुग्न खोजिरहेका आप्रवासीहरूको भएको बताएका छन्। उनीहरू कुन देशका हुन् भन्नेबारे पुष्टि भएको छैन। शवहरूलाई पोस्टमार्टमको लागि पठाइएको छ।
साथै अधिकारीले तस्करी केन्द्रबाट ७६ आप्रवासीहरूलाई मुक्त गरेका छन्। यस्तै, आप्रवासीहरूलाई हिरासतमा लिएको र यातना दिएको आशंकामा एक लिबियाली र दुई विदेशीसहित तीन जनालाई पक्राउ गरिएको छ।
लिबियाको अल–अब्रिन च्यारिटीले केही मानिसहरूलाई चिहानमा गाड्नुअघि गोली हानी मारिएको बताएको छ। कुफ्राको सुरक्षा कक्षका प्रमुख मोहम्मद अल फदिलले मानव बेचबिखन केन्द्रमा छापा मार्ने क्रममा कुफ्रामा यी चिहान फेला परेको बताएका छन्। यस्ता चिहान धेरै हुनसक्ने र तिनको खोजीकार्य भइरहेको सुरक्षा निकायले जनाएको छ।
गत वर्ष पनि अधिकारीहरूले राजधानी त्रिपोलीबाट ३५० किलोमिटर दक्षिणमा रहेको शुआरिफ क्षेत्रमा कम्तीमा ६५ आप्रवासीको शव उत्खनन् गरेका थिए।
युरोप र अमेरिकाको सपना बोकेर नेपालीहरू पनि तल्लो बाटो प्रयोग गर्दै अमेरिका जाने गरेका छन्। यसरी अमेरिका पुग्ने रहरले कतिलाई मृत्युको घाटसम्म पनि पुर्याएको छ।
लिबिया अफ्रिका र मध्य पूर्वबाट युरोप जाने यात्रुहरूका लागि एक प्रमुख मार्ग हो। सन् २०११ मा नाटो समूह विद्रोहपछि देशमा संघर्ष र अराजकता छ। जसले गर्दा लामो समयसम्म शासन गर्दै आएका तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
