सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पाँच कारोबार दिनयता लगातार गिरावट देखिएको छ।
सोमबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०.९८ अंकले घट्यो। यो गिरावटसँगै परिसूचक २६७७.३२ अंकको विन्दुमा कायम भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
नेप्सेका अनुसार यस दिन विभिन्न ३२२ कम्पनीको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर ७४ हजार ८६४ पटक खरिदबिक्री भयो। जसबाट ६ अर्ब ९६ करोड दुई लाख ९२ हजार २३५ रुपैयाँ बराबरको शेयर कारोबार भयो। यसअघि आइतबार आठ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार यस दिन १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७७ वटाको बढेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
यस दिनको कारोबारमा अन्य समूह ०.२३ र व्यापार समूह ०.१० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन २.०७ प्रतिशतले घटेको छ। बैंकिङ ०.१७, विकास बैंक ०.२१, वित्त १.२४, होटल तथा पर्यटन ०.१६, जलविद्युत् ०.७६, लगानी ०.४६, जीवन बीमा ०.६१, लघुवित्त ०२७, म्युचुअल फन्डको उपसूचक ०.१८ प्रतिशतले घटेको छ।
यस दिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख ७८ हजार ९९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
