बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
काठमाडौँ– बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सोमबार थुनछेक बहसपछि जोशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जोशी सोमबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए। अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर थुनामा राख्ने आदेश भएको हो।
सुप्रिम सहकारीको बचत रकम दुरुपयोग प्रकरणमा पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध माघ ६ गते रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको थियो। लामिछानेलाई अदालतले माघ १३ गते एक करोड रुपैयाँ धरौटी लिएर मुद्दा पुर्पक्ष गर्न अनुमति दिएको थियो।
सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा सहकारीका संरक्षकसमेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित २८ जनाविरुद्ध गत वैशाख ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो। अपचलन भएको रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अभियोग पत्रमा सहकारी ठगीका मुख्य योजनाकार राईविरुद्ध ५१ करोड एक लाख, लामिछानेविरुद्ध चार करोड १५ लाख २८ हजार रुपैयाँ र जोशीविरुद्ध चार करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
