ग्यास विस्फोटमा घाइते भएकामध्ये २ जनाको मृत्यु

कमलपोखरीस्थित शान्दार म:म पसलमा गत बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका उनीहरूको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडाैँ– काठमाडौँको कमलपोखरीस्थित शान्दार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराका अनुसार रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो। उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रवक्ता बोहराले बताए।

गत बिहीबार बिहान म:म पसलको ग्यास लिक भएर विस्फोट हुँदा त्यहाँ कार्यरत ११ जना गम्भीर घाइते भएका थिए। तीमध्ये राई र घलेको अवस्था गम्भीर थियो।

अन्य घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।