मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पाँच दिनपछि सुधार देखिएको छ। पाँच कारोबार दिनयता लगातार घटेको शेयर बजारमा मंगलबार सामान्य अंकको सुधार देखिएको हो।
नेप्सेका अनुसार मंगलबार परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.५४ अंकले बढ्यो। यो सुधार सँगै परिसूचक २६८३.८६ अंकको बिन्दुमा कायम भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
यस दिन विभिन्न २९९ कम्पनीको एक करोड ३९ लाख आठ हजार ७८४ कित्ता शेयर ७१ हजार ७८९ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब २० करोड १३ लाख ५० हजार ८५ रुपैयाँ बराबरको शेयर कारोबार भयो। यसअघि ६ अर्ब ९६ करोड दुई लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा पाँच वटा समूहको उपसूचक बढ्दा अरू सबै समूहको घटेको छ। सबैभन्दा धेरै विकास बैंकको उपसूचक २.३७ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् १.५७, म्युचुअल फन्ड ०.५२, लगानी ०.४८ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.०१ प्रतिशतले बढेको छ। बैंकिङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ००४, निर्जीवन बीमा ०.४३, अन्य ०.०१ र वित्त समूहको उपसूचक १.०५ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रो पावर र रसुवागढी हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ९.९९ र सप्तकोशी डेभेलपमेन्ट बैंकका लगानीकर्ताले ८.५२ प्रतिशतले कमाएका छन्। त्यस्तै, उपकार लघुवित्त ८.२९ र ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले २.७७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा यस दिन सीईडीबी होल्डिङ्सको ३५ करोड ४७ लाख एक हजार ८४१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
