प्रतिनिधिसभाको बैठकमा सांसद चित्रबहादुर केसीले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सरकारले गरेको कोशिश र संघर्षका बारेमा संसद्लाई जानकारी गराउन ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदले प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले गरेका कामकारबाहीबारे जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले बन्धक बनाएका जोशीको रिहाइका सरकारले गरेको संघर्ष सदनमा जानकारी गराउन माग गरेका हुन्।
उनले जोशीको रिहाइका लागि सरकारले गरेको कोशिश र संघर्षका बारेमा संसद्लाई जानकारी गराउनुपर्ने बताए।
इजिप्ट र कतारको मध्यस्थता र अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत पाँच समूहका बन्धक–कैदी अदलाबदली भइसकेका छन्। इजरायलीबाहेक थाइल्यान्डलगायतका देशका बन्धक पनि रिहा भइसकेका छन्।
तर जोशी अहिलेसम्म हमासको रिहाइको सूचीमा समेटिएका छैनन्। यसबारे मंगलबार केसीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
“इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे। दुई समूहबीच सम्झौता भयो। युद्धविराम भयो। कैयौँ देशका मान्छेहरू हमासको गिरफ्तारीमा परेका रिहाइ भए तर कञ्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन। यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउनु पर्दैन? उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ। यसले सरकारको जिम्मेवारी पूरा हुँदैन,” उनले भने, “रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिश गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसद्लाई जानकारी गराउनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
