सभामुख देवेन्द्र घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि प्रतिनिधिसभाको बैठक शुरू भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक पुनः शुरू भएको छ।
प्रतिपक्षी दलका सांसदले मंगलबार प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका थिए।
सभामुख घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक शुरू भएको हो।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विरोध गरेपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताएका हुन्।
आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन्। त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
