नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको छ।
काठमाडौँ– विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ। यस्तै, साउथ सुडान आठ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ।
सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ। सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ। कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन्। विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा कम अंक प्राप्त गरेका देखिएको छ।
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औँल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
दक्षिण एशियाली मुलुकहरूमा भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बांग्लादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन्। छिमेकी चीनले ४३ अंक प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
