पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।
काठमाडौँ– पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।
मंगलबार धनगढीमा आयोजित कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. हेमराज पन्तलगायतले संयुक्त रूपमा सो कवितासंग्रहको विमोचन गरेका हुन्।
प्रमुख अतिथि साहित्यकार लम्सालले कवि उपाध्यायले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोश र पीडा कवितासंग्रहमा समेटिएको बताए।
सुदूरपश्चिम क्याम्पसका पूर्वरजिस्ट्रार डा. पन्तले उपाध्यायले कवितामार्फत प्रेम, सद्भाव र समाजमा भएका विकृतिमाथि चोटिलो प्रहार गरिएको बताए।
कृतिमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडताका नागरिकले भोगेको पीडा, राज्यको अकर्मण्यता, राजनीतिका विसंगतीसँगै प्रेम समेटिएको बताए।
ऐश्वर्य प्रकाशन प्रालिका अध्यक्ष गणेशप्रसाद जोशीले उपाध्यायद्वारा लिखित एउटा ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउदा खुशी व्यक्त गरे। कवि उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, विकृत राजनीति, समय र परिवेशबाट उद्वेलित भएर कवितामा भावनाहरू प्रस्फुटित भएको बताए।
उपाध्यायको यो चौथो कृति हो। यसअघि उनको एउटा कवितासंग्रह, एउटा गजलसंग्रह र ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक प्रकाशित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
