रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।
रुकुम पश्चिम– रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।
मंगलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो।
समीर र ढाँटी नाति र हजुरआमा हुन्। सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ।
स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ।
उनको सोही वडाको खुलखुले खोलामा शव फेला परेको उनले जानकारी दिए।
चन्द्रसिंहले भिरबाट हाम फालेर आत्महत्या गरेको अनुमान गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
