सिटीको मैदानमा भएको प्लेअफको पहिलो लेगमा रियल ३-२ गोलले विजयी भयो। खेलमा सिटीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन।
काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित हासिल गरेको छ।
मंगलबार राति इत्तिहाद स्डेडियममा भएको खेलमा रियलले घरेलु टोली सिटीलाई ३-२ ले हराएको हो। रियलको जितमा केलियन एमबाप्पेले ६०औँ, ब्राहिम डियाजले ८६औँ र जुड बेलिंघमले इन्जुरी समयमा गोल गर्दै रोमाञ्चक जित दिलाए।
सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गरे। हालान्डले १९औँ र ८०औँ मिनेटमा गोल गरे पनि सिटीले अग्रता जोगाउन सकेन। हालान्डको दोस्रो गोल पेनाल्टीमार्फत थियो।
दोस्रो लेग रियलको मैदान इमिरेट्स स्टडियममा अर्को साता हुनेछ। मंगलबार रातिकै अर्को खेलमा पीएसजीले ब्रेस्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले र युभेन्टसले पीएसभीलाई २-१ ले हराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
