विभिन्न मुलुकले जेलमा रहेका आफ्ना नागरिकको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएको छ भने बेलायतले घटनालाई चिन्ताजनक भनेको छ।
इरानको राजधानी तेहरानस्थित इभिन जेलमा आगलागी भएको छ। राजनीतिक कैदीबन्दी, पत्रकार र विदेशी नागरिकलाई राखिने गरेको यस जेलमा शनिबार साँझ आगलागी भएको हो।
आगलागीमा परेर चार जना कैदीबन्दीको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्।आगलागीलगत्तै गोली प्रहारको आवाज जेलबाहिर सुनिएको बीबीसीले उल्लेख गरेको छ।
स्थानीय प्रशासनले घटनामा 'आपराधिक तत्व' संलग्न रहेको दाबी गरेको छ। तेहरानका गभर्नरले जेलभित्रका आपराधिक गिरोहबीच हुलदंगा हुँदा घटना भएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको दाबी गरे। अवस्था नियन्त्रणमा आएको भनिए पनि आगलागी जारी नै रहेको भिडियोहरू सार्वजनिक भएका छन्।
زندان اوین- شعلههای آتش بیشتر شده و صدای ممتد شلیک گلوله شنیده میشود. جان زندانیان در خطر است.
— Iran Human Rights (IHR NGO) (@IHRights) October 15, 2022
شامگاه شنبه، ۲۳ مهر ماه#IranRevolution #MahsaAmini #Oplran pic.twitter.com/6dmj6xkdZ7
एक महिनादेखि जारी सरकारविरोधी प्रदर्शन र जेलको आगलागी सम्बन्धित भए/नभएको यकिन भइसकेको छैन। तर, सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका सयौँ प्रदर्शनकारीलाई सोही जेलमा राखिएको बताइएको छ।
जेलबाहिर ‘निरंकुशलाई मृत्युदण्ड दे’ भन्ने नाराबाजी सुनिएकाले आगलागी र प्रदर्शनको सम्बन्ध रहेको धेरैको विश्वास छ। इरानमा पाँच सातायता जारी सरकारविरोधी आन्दोलनको मुख्य नारा नै ‘निरंकुशलाई मृत्युदण्ड दे’ भन्ने हो।
इरानका सरकारी टेलिभिजनहरूले घटना साम्य भएको दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन्। तर, अवस्था नियन्त्रणमा आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यता, जेलमा जेलमा कैदीबन्दीका आफन्तहरूले उनीहरूसँग फोन सम्पर्क नभएको गुनासो गरेका छन्। यसअघि कैदीबन्दीहरूलाई आफन्तसँग सम्पर्क दिने गरिन्थ्यो। हाल जेलभित्रको इन्टरनेट सेवासमेत बन्द रहेको बताइएको छ।
विभिन्न मुलुकले इभिन जेलमा रहेका आफ्ना नागरिकको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका छन्। अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएका छन् भने बेलायती रक्षामन्त्रीले घटनालाई निकै चिन्ताजनक भनेका छन्।
पाँच साताअघि इरानी नागरिक २२ वर्षीया महसा आमिनीको प्रहरी हिरासतमा मृत्यु भएसँगै महिलाप्रति अनुदार इस्लामिक सरकारविरुद्ध चर्किएको प्रदर्शन दिनप्रतिदिन हिंसात्मक बन्दै गएको छ। शनिबार पनि विभिन्न शहरका राजमार्ग र विश्वविद्यालयमा प्रदर्शन चर्किएको थियो।
प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेका र महिलालाई दुर्व्यवहार गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जारी प्रदर्शनका क्रममा हालसम्म २ सय २३ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ज्यान गुमाउने अधिकांश किशोर-किशोरी रहेकाे मानवअधिकारवादी संस्थाहरूले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
