विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्।

काठमाडौँ– फिफा विश्वकप २०२२ को उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन्।

फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८ः४५ बजे शुरू हुनेछ। साविक विजेता फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

अर्जेन्टिनाले सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई पराजित गरेको हो। दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्।