ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्किन खोजेका दर्जनौँ आप्रवासीलाई पनामाको प्रहरीले फिर्ता पठाएको छ।
दंगा प्रहरीले क्याराभान आप्रवासीलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्किन बाध्य बनाएको हो। नाम नबताउने एक आप्रवासीले भने, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब फेरि घर फर्किरहेका छौँ।”
भेनेजुएलाका आन्द्रेस परेडेसले अमेरिकाको लामो यात्राका क्रममा भोकभोकै बस्न र सडकमा सुत्नबाट जोगिन चाहेको बताएका छन्।
“कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीहरूको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्किनका लागि पनामा पठाइनेछ,” पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
कोस्टारिकाका सुरक्षामन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी आप्रवासनको व्यवस्थित, कानुनी, मानवीय र सुरक्षित प्रवाह सुनिश्चित गर्न चाहन्छौँ।” कोलम्बियाबाट पनामासम्म अघोर डारिएन जंगल हुँदै धेरै आप्रवासीले खतरनाक यात्रा तय गरेका थिए।
ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए।
जुलाईमा वासिङ्टनसँग भएको सम्झौतापछि पनामाले डारियन क्षेत्रका धेरै मार्ग बन्द गरेको छ। आप्रवासीहरूलाई अमेरिकी आर्थिक सहयोगमा कोलम्बिया र इक्वेडरलगायत देशहरूमा सडक यातायात र उडानमार्फत फिर्ता गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
