अमेरिकी शिक्षक मार्क फोगलको रिहाइ रुससँगको कैदी आदानप्रदान सम्झाैताको एक हिस्सा हो।
अमेरिकी स्कुल शिक्षक मार्क फोगल रुसी जेलबाट रिहा भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मंगलबार साँझ ह्वाइट हाउसमा स्वागत गरेका बीबीसीले जनाएको छ।
ट्रम्पले ती शिक्षक रिहाको बदलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'धेरै नपाएको' बताएका छन्। साथै ट्रम्पले बुधबार अर्को बन्धकलाई पनि रिहा गरिने बताए। यद्यपि, उनले ती बन्धकको नाम भने खुलाएनन्।
६३ वर्षीय मार्क फोगेल एक पूर्व कूटनीतिज्ञ हुन् जो मंगलबार साँझ वाशिंगटन डीसी आइपुगेका थिए। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले यसअघि अमेरिकी शिक्षक फोगलको रिहाइ रुससँगको कैदी आदानप्रदान सम्झाैताको एक हिस्सा भएको बताएका थिए।
रुससँगको कैदी सम्झौताको बारेमा डोनाल्ड ट्रम्पले भने, “यो धेरै निष्पक्ष र उचित थियो।”
मार्क फोगललाई २०२१ मा रुसको एक विमानस्थलबाट पक्राउ गरिएको थियो। उनको साथबाट थोरै मात्रामा गाँजा फेला परेको थियो। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।
मार्क फोगलले भने, “मलाई अहिले संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्तो लाग्छ। म एक मध्यमवर्गीय स्कुल शिक्षक हुँ जो अहिले सपनाको संसारमा छु।”
साथै उनले आफू रुसी जेलमा रहेको समयलाई जीवनकै सबैभन्दा दर्दनाक समय भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
