दुर्घटनामा घाइते भएका ४३ जनामध्ये अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्।
काठमाडाैँ– काठमाडाैँको शंखरापुर नगरपालिका–५ स्थित साँखु नगरकोट सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी चढेको बस बुधबार दिउँसो साढे चार बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ४३ जना घाइते भएका परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए। मृत्यु हुनेको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। घाइते हुनेमा अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्।
प्रहरीका अनुसार नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेको दुइटा बसमध्ये एउटा बस दुर्घटना भएको हो। रिजर्भमा लगिएको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेको जोरपाटीस्थित नेपाल मेडिकल कलेज, टिचिङ अस्पताल महाराजगन्जका साथै स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
