चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब उपाधि नजिक पुगेको हो।
काठमाडाैँ– विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो। यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिए। पेनाल्टी बक्सको बाहिरबाट सञ्जिवको कडा प्रहारलाई चर्चका गोलकिपर टिकेन्द्र थापाले रोक्ने मौकानै पाएनन्।
लामाले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र पुलिसले फाइनलमा स्थान बनाउन सफल भयो। पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो। पुलिसले हालसम्म ६ पटक उपाधि चुमेको छ।
पुलिसले आगामी फागुन ३ गते उपाधिका लागि थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको भोलि हुने खेलको विजेतासँग खेल्नेछ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले नगद १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ नगदसँगै ट्रफी पुरस्कार पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
