यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ। 

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।