तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। 

छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी, तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ९६५ रुपैयाँ पुगेको छ।