नख्खुडोल पुल मर्मत नहुँदा जोखिमपूर्ण यात्रा [तस्वीरहरू]

ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो। 

बाढीले प्वाल पारेको पुल फलामको सहायताले मर्मत गरेर अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याइको छ। यहाँ दुईपांग्रे सवारी मात्रै गुड्न सक्छन्। पुल मर्मत नहुँदा आवतजावत गर्न सास्ती भइरहेको स्थानीयको भनाइ छ।

ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खुपुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको छ। घर पनि जोखिममा रहेकाले खोलाले कटान गरेको क्षेत्रमा पर्खाल लगाउनसमेत उनले माग गरेका छन्।